काठमाडौं, ३ माघ । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी राष्ट्रहरु ब्राजिल र अजेन्टीनाबीचको छनोट खेल पुनः खेलाईने भएको छ।
छनोट चरण अन्तर्गत गत सेप्टेम्बरमा ब्राजिल र अजेन्टीनाबीचको खेल सुरु भएको केही समयमै स्थगित भएको थियो। अर्जेन्टीनाका चार जना खेलाडीले कोभिड–१९ प्रोटोकल तोडेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीहरुले आरोप लगाएपछि यी दुई टोली बीचको खेल रोकिएको थियो।
उक्त खेल फिफाले तोकेको समय र खेल मैदानमा खेलाइनेछ। ब्राजिलका स्वास्थ्य एजेन्सी एनभिसाले प्रिमियर लिग खेल्ने इमिलियो मार्टिनेज, जियोभानी लो सेल्सो, क्रिस्टीय रोमेरो तथा एमिलियानो बुएन्डियाले बेलायतबाट यात्रा गर्दा यात्रा नियमको पालना गर्न असमर्थ रहेको जनाएको छ।
फिफाले चारै जना खेलाडीमाथि दुई खेलको प्रतिबन्ध लगाएको छ ।
