दाङ, साउन ३ । यमुना स्मृति कप अन्डर १० क्लास ईन्टर स्कुल फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।
समस्त यमुना परिवार तुलसीपुर ५ को आयोजनामा द लेजेन्ड फुटसल ग्राउन्ड तुलसीपुर ६ मा संचालन हुने प्रतियोगिता यहि २०८१ साउन ११ गते देखि सुरु हुँदैछ ।
२०७७ साल साउन ४ गते स्वर्गीय हुनु भएकी यमुना डाँगीको स्मृतिमा संचालन गरिन लागिएको प्रतियोगिता जिल्लामा स्थापित सामुदायिक तथा संस्थागत विद्मालयका गरि २० बढी टिमको सहभागिता रहनेछ ।
दुई दिनसम्म चल्ने प्रतियोगिताको बिजेता, उपबिजेता टिमले क्रमशः नगद ४०/२० हजार, कप, मेडल, प्रमाणपत्र पाउनेछन । त्यसैगरी ब्यक्तिगत विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने बेष्ट प्लेयर खेलाडीलाई नगद २५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरिनेछ भने हाई स्कोर, बेष्ट किप्पर र राईजिङ प्लेयरलाई क्रमशः जनही १५/१५ सय, ट्रफी, प्रमाणपत्र प्रदान गरिने समस्त यमुना परिवारका सदस्य सुरज डाँगीले जानकारी दिनु भएको छ ।
यसैबिच आयोजकले प्रतियोगिताको तयारी स्वरुप टिम दर्ता, प्रचार प्रसारलगायतको कार्यलाई तीव्र पारेको छ ।
