• ट्रेण्डिङ्ग :
महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै

महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै


  • 7.0K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 10.8K Views

    महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको भिड् बढ्दै

    दाङ ६ साउन/पाण्डवेश्वर महादेव मन्दिर धारापानीले यही साउन १ देखि ३२ गतेसम्म संचालन हुने शिव महापुुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती बढ्दै गईरहेको छ । सनातन हिन्दु धर्मको प्रचारप्रसार तथा मन्दिर परिसर भित्र विभिन्न देवीदेवताका संरचना निर्माणको उद्देश्य राखेर संचालनमा ल्याएको महायज्ञ तथा महाआरतीमा भक्तजनहरुको उपस्थिती र दानदिव्य बढ्दै गइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीले बताउनुभयो ।

    images

    महायज्ञको पाँचौदिन शनिवार मात्रै करिव साढे पाँचसय भक्तजनहरुको उपस्थिती रहेको थियो । शिव महापुराण संत्सग धार्मिक महायज्ञ तथा महाआरतीमा घोराही–१५ निवासी अन्नतराज घिमिरे र मिनराज घिमिरे, घोराही–१८ लङ्क बहादुर बुढा, घोराही –ं६ निवासी रेव बहादुर बुढाथोकी, गोमा बुढाथोकी, रणबहादुर बुुढाथोकी र जीवा बुढाथोकी , विष्णुु पौडेल, घोराही–१८ निवासी स्वस्तिक  पोख्रेल, सोही ठाउँ निवासी कुवेर पाण्डे, घोराही–१५ निवासी दामोदर खनाल र घोराही ६ निवासी ऋषिराज जंगली महाआरती संकल्प गरेको महाआरती मुल आयोजक समितिले जनाएको छ ।449710806_1974216956356226_1721978908507556957_n.jpg

    त्यस्तै महायज्ञ तथा महाआरतीमा संचालनका लागि सहयोगदाताहरुको सहयोग पनि दिनानुदिन बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिले  जनाएको छ । महायज्ञका  लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सरसामानहरुको दानदिव्य पनि मन्दिरमा बढ्दै गइरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक अधिकारीले जानकारी दिनुभयो । बासुदेव शर्मा,सुरज मल्ल, पुस्कर बेलबासे, भिष्मा भुषाल र बसन्ता केसी , अकबर अली , कुदबुदिन ,सकिल कवारी राई र सावित्री गुप्ता, नारायण प्रसाद शर्मा (कार्की),मामा भान्जा किराना पसल, तारा डाँगी, बुद्रुबिन राइ र मानबहादुर घर्तीले सहयोग गर्नुभएको छ ।

     


    तेस्रो आँखा