जिल्लामा क्रियाशिल ६४ जना पत्रकारहरुलाई दुर्घटना बिमा

जिल्लामा क्रियाशिल ६४ जना पत्रकारहरुलाई दुर्घटना बिमा


  • 2.7K
    SHARES
    • श्रावण ६, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 4.2K Views

    जिल्लामा क्रियाशिल ६४ जना पत्रकारहरुलाई दुर्घटना बिमा

    गमानसिङ घर्ती,रुकुम पश्चिम/ जिल्लामा  क्रियाशिल ६४ जना पत्रकारहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले महासंघका साधारण सदस्यहरु र जिल्लामा क्रियाशिल सदस्यहरुको दुर्घटना बिमा गरिएको जानकारी दिएको छ  ।

    images

    नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका  अध्यक्ष लक्ष्मण केसीका अनुसार शिखर ईन्सोरेन्स कम्पनी लिमिटेडमा प्रतिव्यक्ति दुई लाख ५० हजारका दरले एक करोड ६० लाख बरारबरको बिमा गरिएको हो । जोखिमपूर्ण अवस्थामा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई कामका लागि प्रोत्सान हुने विश्वास लिइएको अध्यक्ष केसीले  बताए ।

    दुर्घटना बिमा शुल्क बापतको रकम बाँफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मा घर भई हाल अमेरिकामा बस्दैआएका गोर्ख कुसारीले सहयोग गरेका हुन । गत वर्ष पनि महासंघले जिल्लाका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा गरेको थियो ।

    पोलिसि हस्तान्तरण कार्यक्रममा शिखर ईन्सोरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमका शाखा प्रमुख भद्रबहादुर खड्का सहित सहभागिता रहेको थियो । 


    तेस्रो आँखा