डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस


  • 3.5K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.3K Views

    डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौँ, ८ साउन/ नेपाल प्रहरीका जनपदतर्फका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

    images

    गृह मन्त्रालय बढुवा समितिकोे सोमबार  बसेको बैठकले डिआइजी जोशीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

    एआइजीमा बढुवाका लागि सिफारिस हुनुभएका जोशी हाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा कार्यरत हुनुहुन्छ ।


    तेस्रो आँखा