ढाई वर्षमा दुईसय बढी सर्पको उद्धार गरेका `प्रभात

ढाई वर्षमा दुईसय बढी सर्पको उद्धार गरेका `प्रभात


  • 3.7K
    SHARES
    • श्रावण ८, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.6K Views

    ढाई वर्षमा दुईसय बढी सर्पको उद्धार गरेका `प्रभात

    रुपा थापा,तुलसीपुर ८ साउन । अहिले गर्मी तथा वर्षायामको समय छ । अन्य समय भन्दा यो समयमा बढी मात्रामा बिषालु सर्पहरु बाहिर निस्कने गर्दछन् । वर्षायाममा सर्पहरु बाहिर निस्कने भएकाले पनि आम मानिसहरुले उच्च सर्तकता अपनाउनु पर्ने हुन्छ । वर्षायाम सुरु भएसैगै तुलसीपुर उपमहानगर पालिका वडा नं. ७ निवासी प्रभात भण्डारीलाई दिनुहँ जसो सर्प उद्धारको लागि खवर आउँने गर्दछ । भण्डारी विगत ढाई वर्षदेखि सर्प उद्धार कार्य गर्दै आइरहनु भएको छ ।

    images

    घोराहीमा सर्प उद्धारकर्ता बसन्त सुबेदीसगं सर्प उद्धार गर्ने कार्य गर्न सिकेका उहाँ ढाई वर्षको अवधिमा दुईसय बढी सर्पको उद्धार गरिसक्नु भएको छ । भण्डारीका अनुसार हाल नेपालमा ८९ प्रजातिका सर्प पाइन्छन् । उहाँले अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकासहित, बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका क्षेत्रभित्रका घर तथा सार्वजनिक स्थलमा रहेका सर्प उद्धार गरिसक्नु भएको छ । वर्षायामको समय भएकाले दैनिक जसो सर्पहरुलाई उद्धार गर्दै आएको जानकारी दिनुभयो । साथै उद्धार गरिएका सर्पलाई सुरक्षित ठाउँमा लगेर छोड्ने उहाँले बनाउनुभयो ।

    नेपालमा पाइने ८९ प्रजाति सर्पमध्ये १७  प्रजातिका सर्प बिषालु रहेको उहाँ बताउँनुहुन्छ । ती मध्ये आफुले ९ प्रजातिका करिब २०० बढी सर्प उद्धार गरेको भण्डारीले जानकारी दिनुभयो । शरीरभन्दा टाउको सानो भए अबिषालु र शरीरभन्दा टाउको ठूलो भए वा शरीर बराबर भएमा बिषालु सर्प चिन्न सक्ने बताउनुभयो ।

    सबैभन्दा बिषालु सर्प करेत हो । जसले मानिसको पसिना र न्यानो मनपराउने हुदाँ सुत्ने कोठा, गोठ जस्ता ठाउँमाहरूमा बढी भेटिने गरेको उहाँ बताउँनुहुन्छ । कोब्रा सर्पले टोकेमा ४ देखि ७ घण्टाभित्र (टाउको दुख्ने, वान्ता हुने, पेट दुख्ने, टोकेको ठाउँ सुनिने) जस्ता लक्षणहरू देखापर्ने गर्दछ । यो सर्पले आफ्नो सुरक्षाको लागि मानिस तथा जनावरहरुलाई डस्ने गर्छ ।

    भण्डारीलाई सर्प उद्धार गर्न आवश्यक पर्ने स्रोतसाधन तुलसीपुर उपमहानगरपालिका वडा नं ७ कार्यालय, डिभिजन वन कार्यालय दाङले उपलब्ध गराएको छ । साथै डिभिजन वन कार्यलयसँग पनि समन्वय गरी सर्प उद्धार कार्य गर्दै आएको उहाँले बताउँनुभयो । 

    त्यसका साथै विभिन्न विद्यालयहरुमा सर्पको बारेमा जानकारी दिंदै आएको पनि उहाँले बताउनु भयो ।  ‘सर्पले टोकेको बेला परम्परागत उपचार भन्दा तुरुन्तै सर्पदंश उपचार केन्द्रमा जान जनचेतना फैलाउन आवश्यक रहेको छ ।’ उहाँले भन्नुभयो । भण्डारीले कहीकतै सर्पहरु देखेका त्यसलाई मार्नु भन्दा सर्प उद्धार गर्ने टोलीलाई जानकारी दिनु पर्ने बताउँनु हुन्छ ।


    तेस्रो आँखा