बाढी, पहिरोमा परी हालसम्म १३३ जनाको मृत्यु

बाढी, पहिरोमा परी हालसम्म १३३ जनाको मृत्यु


  • 5.4K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 8.4K Views

    बाढी, पहिरोमा परी हालसम्म १३३ जनाको मृत्यु

    काठमाडौं, १० साउन/ अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि हालसम्म देशभर बाढी, पहिरो लगायतका विपद्मा परी १ सय ३३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३३ जनाको मृत्यु भएको हो ।

    images

    हालसम्म बाढी पहिरोमा परि १४७ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३४ जना र सुदूरपश्चि म प्रदेशमा १४ जना गरी जम्मा १ सय ४७ जना घाइते भएका हुन् । हालसम्म बाढी पहिरोमा परेका ६७ जनाको उद्धार गरिएको छ । जसमा काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिौम प्रदेशमा ५ जना गरी जम्मा ६७ जनाको उद्दार गरिएको हो ।

    बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको छ । त्यस्तै बाढीका कारण जम्मा १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ३६ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का  घटनाबाट ४ हजार २१ घर परिवार विस्थापित भएका छन् ।

    साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको छ ।


    तेस्रो आँखा