• ट्रेण्डिङ्ग :
शिव गोरक्षनाथ मन्दिर परिसरमा बृक्षारोपण

शिव गोरक्षनाथ मन्दिर परिसरमा बृक्षारोपण


  • 4.6K
    SHARES
    • श्रावण १२, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 7.1K Views

    शिव गोरक्षनाथ मन्दिर परिसरमा बृक्षारोपण

    बिरेन्द्र पौडेल,पोखरा साउन १२

    images

    लायन्स क्लब अफ पोखरा ब्लु स्काईले पोखरा महानगरपालिका वडा न। ३१ मा रहेको पवित्र धार्मिक स्थल श्री शिव गोरक्षनाथ पिठ सिद्धाश्रममा शनिवार बिहान बृक्षारोपण गरेको छ । क्लबले शनिवार बिहान मन्दिर परिसरमा हर्रो, बर्रो, मेवा, एभोगाडो, अमला, सितल चिनी, लिची, अशोक, दालचिनी, बेलपत्र, रुद्धाक्ष, सल्लो लगायतका फलफुलका ५० भन्दा बढि विरुवाहरु रोपेको हो ।

    लायन्स ईन्टरनेशनल डिस्ट्रिक ३२५ एम अन्तरगत रहेको ब्लु स्काई क्लबको बार्षिक कार्यक्रम अन्तरगत रहेको बृक्षारोपण कार्यक्रम यस पटक बेगानास ताल नजिक रहेको गोरखनाथ मन्दिरमा गरिएको क्लबले जनाएको छ । कार्यक्रमा प्रमुख अतिथि जि.एस.टी. डिस्ट्रिक कोर्डिनेटर जगन्नाथ तिमिल्सिना, विशेष अतिथि श्री बलभद्र नाथ जी महाराज, रिजन चियर पर्सन युवराज पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरत प्रसाद तिवारी, समाजसेवी बाबुराम थापा, जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद ढुंगाना लगायतका अतिथिहरु सहित क्लबका पदाधिकारी र सदस्यहरुको सहभागीता रहेको थियो ।

    पोखरा ब्लु स्काईका अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रमको संयोजक बिरेन्द्र पौडेल रहेका थिए भने संचालन क्लबका सचिव रामहरी तिवारीले गरेका थिए । विगत ४ बर्ष देखि लगातार विभिन्न धार्मिक स्थल, मन्दिर र महत्वपूर्ण सार्वजनिक स्थानहरुमा सरसफाई र बृक्षारोपण गर्दै आएको क्लबले गत बर्ष बृक्षारोपण गरेका बिरुवाहरुलाई यस बर्ष गोडमेल र सरक्षण गर्दै आएको क्लबका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन युवराज पौडेलले जानकारी दिए ।

    13c72bd9-84db-4371-9b30-7e922fb51e56.jfif
    undefined
    023e4597-95cc-43fa-827f-b22cfe3e52f3.jfif
    undefined
    1a6da103-dd75-4dc2-82c2-0774c59da906.jfif
    undefined

  • सम्बन्धित विषय:

  • # बिरेन्द्र पौडेल

  • बिरेन्द्र पौडेल
    लेखकबाट थप