पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन

पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन


  • 3.6K
    SHARES
    • श्रावण १४, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 5.5K Views

    पेरिस ओलम्पिकमा नेपालकी जुडो खेलाडी मनिता बाहिरिन

    काठमाडौँ, १४ साउन । पेरिस ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन् । मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन् । उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन् ।
    मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन् । यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ । 

    images

    यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए । पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन् ।


    तेस्रो आँखा