दाङ,१८ साउन/ दाङको घोराही उपमहानगरपालिका वडा नम्वर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा भोली वोलवम पैदल यात्रा तथा जल चढाइने भएको छ ।
मन्दिर व्यवस्थापन समितिको आयोजनामा सयौ भत्तजनहरुको सहभागितामा शनिवार बिहान सात बजेदेखि घोराहीबाट वोलवम पैदलयात्रा गरी शिवमन्दीर धारपानीमा जल चढाउने कार्यक्रम तय गरिएको हो । घोराही स्थित गणेश मन्दिरबाट सुरु हुने वोलवम पैदल यात्रा भरतपुर धारपानी रोड हुँदै मन्दिर परिसरमा गएर समापन हुने समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।
यसैविच भोली घोराहीबाट सुरु हुने वोलवम यात्रामा पहेँलो वस्त्रमा उपस्थित हुन सवैमा मन्दिर व्यवस्थापन समितिले सवै भत्तजनहरुमा अनुरोध गरेको छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारी र सचिव विष्णुराम आचार्यले गणेश मन्दिर घोराहीबाट सुरु हुने वोलवम यात्रा तथा जल चढाउने कार्यमा सरिक हुन सवैमा अनुरोध गर्नुभएको हो ।
