नेपाली रेडियो क्याल्गरी क्यानडा र रेड एफएम द्वारा स्वागत

नेपाली रेडियो क्याल्गरी क्यानडा र रेड एफएम द्वारा स्वागत


  • 9.8K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 15.1K Views

    नेपाली रेडियो क्याल्गरी क्यानडा र रेड एफएम द्वारा स्वागत

    क्याल्गरी अल्बर्टा क्यानडा

    images

    नेपाली रेडियो क्याल्गरी र रेड एफएमले क्यानडाका लागि नेपाली महामहिम राजदूत भरतराज पौडेल र नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष तथा तेस्रोआँखा डटकमका सल्हाकार सम्पादक सुरज भण्डारीलाई स्वागत गरेको छ। एफएम परिसरमा स्वागत गर्दैं रेड एफएमका स्टेशन म्यानेजर जयन्त चौधरीले नेपाली रेडियो क्याल्गरी र रेड एफएमबीचको सहकार्य सम्बन्धमा विस्तृत जानकारी गराएका थिए ।उनले क्यानाडाली समुदायभित्र बहुसांस्कृतिक समझदारीलाई प्रोत्साहित गर्ने र नेपाली संस्कृतिको प्रवर्द्धन गर्न यो साझेदारीको रणनीतिक महत्त्वलाई जोड दिए। भेटघाटका क्रममा एफएम स्टेशनहरूको सञ्चालन प्रणाली र क्यानाडाली डायस्पोरामा यसको महत्त्वको बारेमा छलफल भएको थियो । यस भ्रमणको संयोजन गर्नुहुने नेपाली रेडियो क्याल्गेरीका संस्थापक संयोजक एवम् नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगेरीका उपाध्यक्ष सूर्य अधिकारीले अतिथी द्वयको भ्रमणले नेपाली रेडियोको ३०० भन्दा बढि श्रृंखला एवम् छ वर्षको इतिहासको उच्च कदर भएको बताउदै नेपाली रेडियो क्याल्गेरीको कांधमा थप जिम्मेवारी बढेको बताए ।


    तेस्रो आँखा