पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते ?

पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते ?


  • 3.4K
    SHARES
    • श्रावण १९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.2K Views

    पेरिस ओलम्पिकमा अहिलेसम्म कुन देशले कति पदक जिते ?

    फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५३ देशले पदक जितेका छन् । शुक्रबार राति सम्पन्न खेलपछि ३४ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५३ देशले पदक जितेका छन् ।

    images

    जसमा चीन १३ स्वर्ण, ९ रजत र ९ काश्य पदक जितेर शीर्षस्थानमा छ भने फ्रान्स ११ स्वर्ण, १२ रजत र १३ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै अस्ट्रेलिया ११ स्वर्ण, ६ रजत र ५ काश्य पदकसहित तेस्रो स्थानमा रहेको छ ।

    यसैगरी, अमेरिका ९ स्वर्णसहित १८ रजत र १६ काश्य, ग्रेट ब्रिटेन ९ स्वर्ण, १० रजत र ८ काश्य, जापानले ८ स्वर्ण, ४ रजत र ६ काश्य, दक्षिण कोरियाले पनि ७ स्वर्णसहित ५ रजत र ४ काश्य पदक जितेका छन् ।

    यस्तै, इटालीले ५ स्वर्ण, ८ रजत र ४ काश्य, नेदरल्याण्ड्सले ४ स्वर्ण, ३ रजत र २ काश्य, क्यानडाले ३ स्वर्ण, २ रजत र ६ काश्य पदक जितेका छन् ।

    यस्तै, जर्मनी, न्युजिल्याण्ड, रोमानिया, हंगेरी, हङकङ आयरल्याण्ड, आयरल्याण्ड र अजरबैजानले २–२ स्वर्ण पदक जितेका छन् ।

    ब्राजिल, स्विडेन, जर्जिया, स्विट्जरल्याण्ड, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम, काजकिस्तान, ग्वाटेमाला, उज्वेकिस्तान, छेक रिपब्लिक, अर्जेन्टिना, इक्वेडर, स्लोभेनिया, सर्बिया र युगाण्डाले एक–एक स्वर्ण पदक जितेका छन् ।  

    अहिलेसम्म ओलम्पिक इजरायल, उत्तर कोरिया, ग्रिस, पोल्याण्ड, कोसोभो, टर्की, युक्रेन, इथोपिया, फिजी,  मंगोलिया, ट्युनिसिया, भारत, मोलडोभा, ताजकिस्तान, अस्ट्रिया, इजिप्ट, पोर्चुगल र स्लोभाकियाले पनि पदक जितेका छन् ।


    तेस्रो आँखा