काठमाडौं, ६ फागुन । शिक्षाको गुणस्तर बृद्धिका लागी सबै क्षेत्रको भूमिका उत्तिकै रहने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पोडेलले बताएका छन् । बिहीबार शिक्षा पत्रकार समूहको ११ औं अधिवेशन तथा सम्मान समारोहमा मन्त्री पौडेलले शिक्ष क्षेत्रको गुणस्तर सुधारमा सबै पक्षको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।
भिडियाे हेर्नुस :
मन्त्री पौडेलले भने, ‘शिक्षा सिकाई विद्यालयमा मात्र हुने र यसलाई मन्त्रालय तथा सरकारले मात्र परिवर्तन गर्नुपर्ने भन्ने हुँदैन्,।’ उनले थपे, ‘शिक्षा विद्यालयमा मात्र सिक्ने कुरा होइन ।’ यसको परिवर्तनको लागि मन्त्रालयको मात्र नभएर पत्रकार, आम नागरिक तथा सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ ।’
मन्त्रालयमा आफू गएको करिव १०० दिन भएकोले शिक्षा क्षेत्रमा आफुले गरेको काम तत्काल नदेखिएको बताए । गरेका काम देखिनका लागी केही समय लाग्ने उनको भनाइ छ । शिक्षा क्षेत्रको सुधारको लागी शिक्षा पत्रकार समूहले महत्वपूर्ण भूमिका खेलेको भन्दै थप भूमिका निर्वाह गर्न पनि उनले आग्रह गरे ।
आफुले सबैको सल्लाह सुझावलाई लिएर अगाडी बढीरहेको र सबैको उचित सल्लाह सुझावलाई सम्मान गर्ने पनि पौडेलले बताए । नीतिगत परिवर्तन गर्दै शिक्षा क्षेत्रको समस्या र आवश्यक्ता बुझेर आफू अगाडि बढीरहेको उनको भनाई छ । शिक्षा पत्रकार समूहले बिहीबार २२ औं स्थापना दिवस समेत मनाएको छ ।
