काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोट ए को पहिलो खेलमा नेपाल र घरेलु टोली ओमान बीचको खेल आज शुक्रबार हुँदै छ ।
विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपाली टोली आज ओमानलाई पराजित गर्दै सुखद सुरुआतको दाउमा रहेन छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ ।
नेपाल र ओमान बीचको खेल बिहान एघार पैंतालीस बजे ओमानको अल अमेरात क्रिकेट मैदानमा सुरु हुने छ ।
छनोटको नेपालको दोस्रो खेलमा नेपालले फेब्रुअरी १९ मा खेल्ने छ । यस्तै नेपालले तेस्रो खेल क्यानडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।
