कोभिड १९ महामारी हैन्, नियमित रोग हो  - क्यालिफोर्निया

कोभिड १९ महामारी हैन्, नियमित रोग हो  - क्यालिफोर्निया


  • 7.9K
    SHARES
    • फाल्गुण ६, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.2K Views

    कोभिड १९ महामारी हैन्, नियमित रोग हो  - क्यालिफोर्निया

    काठमाडाैं,६ फागुन । अमेरिकाको क्यालिफोर्नियाले कोरोना भाइरस (कोभिड १९) लाई महामारी नभइ नियमित रोग भएको घोषणा गरेको छ । कोभडि १९ लाई महामारीको साटो नियमित रोग ‘इन्डेमिक’ घोषणा गरेको हो  । कोरोना भाइरसका सन्दर्भमा स्वास्थ्य नीतिमा परिवर्तन गरेर नियमित रोग घोषणा गर्ने क्यालिफोर्निया अमेरिकाको पहिलो राज्य भएको छ ।

    images

    महामारीको झण्डै २ बर्षपछि गभर्नर गेभिन न्युसोमले बिहिबार यस्तो घोषणा गरेका हुन् । संकटको चरणबाट भाइरससँगै बाँच्नसकिने चरणमा प्रवेशका लागि यस्तो नीति लिइएको गभर्नरले बताए ।

    समुदायमा भाइरस रहेपनि प्रतिरोधात्मक क्षमता विकासले व्यवस्थापन गर्न सकिने अवस्थामा कुनै पनि रोग पुगेपछि त्यसलाई ‘इन्डेमिक’ भनिन्छ । मास्कको प्रयोग अनिवार्याता हटाउनेबारे नीति घोषणाकै परिप्रेक्ष्यमा क्यालिफोर्नियाले कोभिड १९ लाई नियमित रोग घोषणा गरेको हो ।

    अन्य देशले कोरोना भाइरसलाई महामारीकै रुपमा लिएका छन् । अन्य रोगहरुजस्तै नियमित संक्रमण भैरहने कोरोना भाइरसको त्रासबाट नागरिकलाई मुक्त गराउन र नियमित कामकारबाहीलाई अघि बढाउन अन्य देशहरुले पनि यसलाई सामान्य रोगका रुपमा लिनुपर्ने अवस्था आइसकेको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप