छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ


  • 2.4K
    SHARES
    • श्रावण २४, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 3.8K Views

    छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

    काठमाडौँ, २४ साउन । प्रहरीले छ किलो २४ ग्राम अवैध लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    images

    सुटकेसभित्र लुकाई–छिपाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बुधबार पक्राउ परेका निजमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा