दाङमा भरुवा बन्धुकसहित दुई जना पक्राउ

दाङमा भरुवा बन्धुकसहित दुई जना पक्राउ


  • 10.3K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 15.9K Views

    दाङमा भरुवा बन्धुकसहित दुई जना पक्राउ

     तुलसीपुर २७ साउन । दाङमा भरुवा बन्धुक र त्यसमा प्रयोग हुने गोलीसहित दुई जना पक्राउ परेका छन् । गएराति पौने १२ बजेको समयमा गस्ती गएको प्रहरी टोलीले उनिहरुलाई  तुलसीपुर उपमहानगरपालिका वडा नं-४ गादिबरा सामुदायिक बनबाट नियन्त्रणमा लिएको हो । 

    images

    संकास्पद रुपमा हिडिरहेका उनिहरुलाई खानतलासी गर्दा ईजाजत पत्र प्राप्त नगरेको १ थान भरुवा बन्दुक र सोहि बन्धुकमा प्रयोग हुने गोली २१ राउण्ड छुर्रासहित फेला पारेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताउनुभयो ।

    पक्राउ पर्नेमा तुलसीपुर-४ सुनवलपुरका ३६ वर्षिय टंककुमार सिजाली र सोहि ठाउँका २९ वर्षिय युवराज गिरि रहेका छन् । पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धानकोलागि इप्रका तुलसीपुरमा राखिएको छ ।


    तेस्रो आँखा