बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन


  • 4.1K
    SHARES
    • श्रावण २७, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.4K Views

    बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

    नेपालगञ्ज  २७ साउन । बाँकेमा प्रहरीले एक सहकारीमा भएको ठगी सम्बन्धमा उजुरी सङ्कलन गरेको छ ।

    images

    हालसम्म नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर आसपासका करिब छ सय बचतकर्ताको उजुरी सङ्कलन भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । 

    उहाँले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको बचत अपचनलविरुद्ध उजुरी सङ्कलन गरिएको र कति रकम अपचलन गरेको भन्ने निश्चित हुन  बाँकी रहेको बताउनुभयो । प्रहरीले गत साउन ८ गते सूचना प्रकाशन गरेर बचतकर्तालाई उजुरी गर्न आह्वान गरेको थियो ।

    “अब सहकारी सञ्चालकलाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु हुन्छ,” प्रनाउ डाँगीले भन्नुभयो ।  प्रहरीले यसअघि पनि समानता बचत तथा ऋण सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थालगायतको उजुरी सङ्कलन गरेको जनाएको छ । 


    तेस्रो आँखा