काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगको छ ।
शनिबार ओमानको अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपालले लगातार दोस्रो जित निकालेको हो । यस अघि नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपालले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारीत २० ओभरमा आठ विकेट गुमाएर ८२ रन मात्र जोड्न सक्यो ।
नेपालकाविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११ र कपिल कुमारले चार रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए ।
गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहोरा र जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय १८ रन जोड्यो ।
नेपालका लागि कुशल भुर्तेल एक सय चार रनमा अविजित रहे ।
कुशल भुर्तेल र दिपेन्द्रले एक सय ७१ रनको साझेदारी गरे ।
त्यस्तै लोकश बम छ रनमा अविजित रहे भने कुशल मल्ल १२ रन बनाएर आउट भए । आशिफ शेख शुन्य रनमा आउट भएका थिए ।
फिलिपिन्सका लागि गुर्धुपिन्दर चोहान, मिग्गी पोडोस्की र ड्यानियल स्मीथले एक–एक विकेट लिए ।
