लमही २९ साउन/ गुरुकुल एकेडेमी लमहीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । निरासिज युथ फाउन्डेसनको आयोजना तथा गुरुकुल एकेडेमी लमहीको ब्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । निरासिज फाउन्डेसनले गुरुकुल एकेडेमी लमहीका विद्यार्थी तथा लमहीका नागरिकहरुको स्वास्थ्य जाँचको प्रस्तावमा गुरुकुल एकेडेमीले सम्पूर्ण ब्यवस्थापनमा गुरुकुलका तथा अन्य विद्यालयका विद्यार्थी र आम नागरिक गरी करीव ७०० जनाको स्वास्थ्य जाँच गरिएको गुरुकुल एकेडेमी लमहीका मार्केटिङ म्यानेजर सुदाशं जिसिले जानकारी दिनुभयो ।
शिक्षासँगै स्वास्थ्य अनि निरोगी समाजको लागि गुरुकुल एकेडेमी लमही र निरासिज फाउन्डेसनले कार्यक्रम गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको विद्यालयका प्रधानाध्यापक सुरज खनालले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रधानाध्यापक खनालले फाउन्डेसनले गुरुकुल एकेडेमी लमहीमा राखेको प्रस्ताव निकै सह्रानीय रहेको भन्दै उक्त कार्यक्रम संचालन गर्न विद्यालय तयार रहेको बताउनुभयो । मानव जीवनमा स्वास्थ्य सबैभन्दा ठुलो कुरा भएको भन्दै यस बाहेक विद्यालयका विद्यार्थीहरुको अन्य समयमा पनि स्वास्थ्य परीक्षण गरीएको बताउनुभयो । गुरुकुल एकेडेमीसँगको सहकार्यमा नयाँ एजेन्डाका कार्यक्रम आएमा फेरी सहकार्य गर्ने निरासिज फाउन्डेसनले बताएको छ ।
कार्यक्रममा लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रका संघ संस्थाले गर्नुपर्ने काम विद्यालयले गरेको भन्दै स्वास्थ्य शिविरको शुभकामना समेत दिनुभएको थियो । यस्तै लमही नगरपालिका स्वास्थ्य बिभागकी डा. रेजिना अधिकारीले शुभकामना मन्तब्य राख्नुभएको थियो भने देउखुरी बैंकर्स, महिला विकास लमही, थारु कल्यानकारी र ओम शान्ति समाज लमहीलगायतका संघसंस्थाको उपस्थिति रहेको थियो । निरासिज फाउन्डेसनको अध्यक्ष निर्मला चौधरीको अध्यक्षतामा तथा गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण निरासिज फाउन्डेसनकी सिजन केसीले गर्नुभएको थियो ।

