ए डिभिजन लिगः फ्रेन्ड्स सँग च्यासल पराजित

ए डिभिजन लिगः फ्रेन्ड्स सँग च्यासल पराजित


  • 6.9K
    SHARES
    • फाल्गुण ७, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    ए डिभिजन लिगः फ्रेन्ड्स सँग च्यासल पराजित

    काठमाडौं, ७ फागुन । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत फ्रेन्ड्स क्लबसँग च्यासल युथ क्लब पराजित भएको छ । 

    images

    शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासल फ्रेन्ड्ससँग दुई एक गोल अन्तरले पराजित भएको हाे ।

    खेलको ३८ औं मिनेटमा जमौल एन्थेनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    खेलको ४३ औं मिनेटमा जमौल एन्थोनीले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई दुई शुन्य को अग्रता दिलाए । 

    त्यसपछि खेलको ५६ औं मिनेटमा मौसाले पेनाल्टीबाट एक गोल गर्दै खेललो दुई एक को अवस्थामा फर्काए पनि जित भने दिलाउन सकेनन् । 

    यस जितसँगै फ्रेन्ड्स १२ खेलमा १० अंक जोडेर तालिकाको १२ औं स्थानमा रहेको छ । 

    च्यासल १२ खेलमा छ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप