तुलसीपुर २९ साउन / तुलसीपुर उपमहानगरपालिकाले आफ्नो प्रशासनिक भवनमा लिफ्ट संचालनमा ल्याएको छ । मंगलबार एक समारोहका बीच उपमहानगर प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गर्नुभयो ।
लिफ्टको क्षमता एकपटकमा ५४४ किलो (करिब ८ जना) को रहेको छ । उपमहानगरले चारतले भवनमा लिफ्ट संचालन गरेपछि बिशेषगरी शारीरिक अपाङ्गता भएका सेवाग्राही लाभान्वित हुने भएका छन्
