उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन


  • 2.7K
    SHARES
    • श्रावण ३१, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

    काठमाडौँ, ३१ साउन । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा  निधन भएको छ । 

    images

    ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिनुभयो । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।

    न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो । उहाँको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिनुभयो । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।


    तेस्रो आँखा