• ट्रेण्डिङ्ग :
ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै


  • 8.8K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    ए डिभिजन लिगमा आज दुई खेल हुँदै

    काठमाडौं, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेल हुँदै छ । 

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालायन शेर्पा क्लबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

    जावलाखेल र हिमालयनबीचको खेल दिउँसो एक बजे सुरु हुने छ । 

    जावलाखेल ११ खेलमा ११ अंक जोडेर तालिकाको १० औं स्थानमा रहेको छ । हिमालयन समान ११ खेलमा १३ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा रहेको छ । 

    मनाङ र एनआरटीबीचको खेल दिउँसो चार पैंतालीस बजे दशरथ रंगशालामा हुने छ । 

    ११ खेल खेलेको मनाङ २० अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ । समान ११ खेल खेलको एनआरटी १७ अंक जोडेर अंक तालिकाको पाचौं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप