नेपालले एसिया छनोट क्रिकेट आयोजना गर्दै

नेपालले एसिया छनोट क्रिकेट आयोजना गर्दै


  • 3.8K
    SHARES
    • भाद्र १, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.8K Views

    नेपालले एसिया छनोट क्रिकेट आयोजना गर्दै
    काठमाडौँ, १ भदौ । नेपालले आइसिसी  १९ वर्षमुनि (यू-१९) क्रिकेट विश्वकप क्रिकेट एसिया छनोट-२०२५ को आयोजना गर्ने भएको छ ।
     
    आगामी एप्रिल १२ देखि २१ तारिखसम्म हुने उक्त छनोट प्रतियोगिताको आयोजनाको जिम्मेवारी नेपालले पाएको नेपाल क्रिकेट सङघ (क्यान)ले जनाएको छ । क्यानका अनुसार छनोट प्रतियोगितामा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
     
    छनोट खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।  


    तेस्रो आँखा