सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम


  • 5.3K
    SHARES
    • भाद्र २, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 8.1K Views

    सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख ५२ हजार ६ सय रुपैयाँ कायम

    काठमाण्डौ २ भदौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुनको भाउ तोलामा तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार छ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    शुक्रवार सुनको भाउ तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ रहेको थियो । यसअघि साउनको २९ गते अहिलेसम्मकै उच्च भाउ एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेको छ ।

    चाँदी आज तोलाको एक हजार आठ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ६० रुपैयाँ रहेको थियो ।


    तेस्रो आँखा