• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामना

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामना


  • 2.3K
    SHARES
    • भाद्र ३, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 3.5K Views

    प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामना
    काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । 
     
    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत जनैपूर्णिमा, रक्षाबन्धन, ऋषि तर्पणी तथा राखी पर्वको अवरमा शुभकामना दिनुभएको हो ।  जनैपूर्णिमा (रक्षाबन्धन) का दिन गुरु पुरोहित, आफन्तजन एवं इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको उहाँले उल्लेख गर्नुभएको छ । 
     
    यसैबीच प्रधानमन्त्री ओलीले जनैपूर्णिमा, रक्षाबन्धन तथा ऋषि तर्पणीका अवसरमा आज दिउँसो ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजदिदीहरुबाट रक्षाबन्धन ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा परिवारजनका अन्य सदस्यहरुले पनि रक्षाबन्धन ग्रहण गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    तेस्रो आँखा