ए डिभिजन लिगः हिमालयनमाथि जावलाखेलको जित

ए डिभिजन लिगः हिमालयनमाथि जावलाखेलको जित


  • 6.0K
    SHARES
    • फाल्गुण ८, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    ए डिभिजन लिगः हिमालयनमाथि जावलाखेलको जित

    काठमाडौं, ८ फागुन । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई पाराजित गरेको छ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा जावलाखेलले हिमालयनलाई दुई एक गोल अन्तरले पराजित गरेको हो ।

    जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए । 

    खेलको १५ औं मिनेटमा रुपले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । 

    तर खेलको ७१ औं मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई एक एक गोलको बराबरीमा ल्याए । 

    त्यसपछि खेलको ८८ औं मिनेटमा ओन्गुनाले गोल गर्दै जावलाखेललाई दुई एक को जित दिलाए ।

    जावलाखेल १२ खेलमा १३ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । 

    त्यस्तै हिमालयन समान १२ खेलमा १३ अंक लिएर तालिकाको १० औं स्थानमा रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप