• ट्रेण्डिङ्ग :
कुरिलो खेतीबाट दैनिक ८ हजार आम्दानी

कुरिलो खेतीबाट दैनिक ८ हजार आम्दानी


  • 6.1K
    SHARES
    • भाद्र ४, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 9.4K Views

    कुरिलो खेतीबाट दैनिक ८ हजार आम्दानी

    तुलसीपुर ४ भदौ । तुलसीपुर उपमहानगरपालिका वडा  नं। ६, गोलौरा निवासी डिल्लीबहादुर केसी एकाविहानै कुरिलो टिपेर बजार पठाउनमै व्यस्त हुनुहुन्छ  । बिहानको समयमा कति ग्राहकहरू बारीमै आएर कुरिलो खरिद गर्दछन् भने कतिलाई आफैले बजारसम्म पुऱ्याउनु पर्ने हुँदा केसीको बिहानको समय कुरिलो टिप्ने र बेच्नमै बित्छ । 

    images

    व्यासायिक रुपमा करिव २७ कठ्ठामा कुरिलो खेती गर्नुभएको केसीले दैनिक १५ देखि ३० किलोसम्म कुरिलो उत्पादन गर्दै आउनु भएको छ । २३ वर्ष निजामति सेवाबाट स्वेच्छिक अवकास लिनुभएका केसी अहिले कृषि पेशामा रमाउनु भएको छ । उहाँले कुरिलो सँगसंगै कुखुरा पालन पनि गर्नुभएको छ । जसमा करिव पाँच हजार कुखुराले अण्डा दिइरहेका छन् ।  उमेरले ६० वर्ष पुग्नु भएका केसी कुखुरा फर्ममा काम गर्ने तथा हेरचाह गर्ने मान्छे नभएका कारण आफू जागिरबाट अवकास लिएर व्यवसाय गरेको बताउनु हुन्छ । आफ्नो परिश्रम र लगनशीलता पछिको फलले सन्तुष्ट भएको उहाँले तेस्रो आँखालाई बताउनु भयो । 

    WhatsApp Image 2024-08-19 at 4.24.20 PM.jpeg

    ‘पहिले घरमै प्रयोग गर्ने भनि थोरै खेती गरेको थिएँ र विस्तारै कुरिलोको माग बढेपछि व्यावसायिक रुपमा सुरु गरेको हुँ ।’ उहाँले भन्नुभयो ‘जग्गा भाडामा लिएको दुई वर्षभन्दा बढी भयो, पहिले तरकारी खेती गरेँ, त्यसबाट फाइदा नभएपछि कुरिलो खेती गरेको छु ।’ उहाँले कुरिलो खेतीको लागि लिएको जग्गाको भाडा प्रति कठ्ठा वार्षिक दुई हजार रुपैया तिर्दै आउनु भएको छ ।   अमेरिकाबाट मगाएर ‘जर्सी सुपर’ जातको कुरिलोको खेती गरेको उहाँले बताउनुभयो । टुसा मोटो निस्किने भएकाले जर्सी सुपर जातको बिउ मगाएर कुरिलो खेती गरेको भनाई छ ।

    दाङको पश्चिम क्षेत्रमा आफूले मात्र कुरिलोको व्यावसायिक खेती गरेको उहाँको दावी छ । एकपटक रोपेपछि दुई वर्षपछि उत्पादन दिने कुरिलो शुद्ध अर्गानिक तरकारी रहेको उहाँले जानकारी दिनुभयो । कुरिलो रोपेको दुई वर्षपछि उत्पादन दिएता पनि एक वर्षमा ६ महिना मात्र उत्पादन दिने गरेको केसीको अनुभव छ । एक पटक रोपेपछि १०/१२ वर्षसम्म टुसा पलाइरहने बर्षैपिच्छे कुरिलो खेतीमा थप  लगानी गर्नु पर्दैन । कुरिलोको खेती गर्दा सुरुमा ९ लाख रुपैया लगानी गरेको उहाँले बताउनुभयो । कुरिलो खेतीकालागि जग्गामा कुखुराको मल हाल्ने र सिँचाइका लागि ‘थोपा सिँचाइ’ पद्धति अपनाएको उहाँले जानकारी दिनुभयो । 

    कुरिलो खेती फस्टाउनकालागि पाँगो माटो उपयुक्त मानिन्छ । तर आफूले खेती गरेको जग्गामा माटो उपयुक्त नभएकोले सोचेअनुसार फस्टाउन नसकेको उहाँले बताउनुभयो । दाङमा आफुले कुरिलो खेती गरेको क्षेत्रफल जत्तिकै अरू कसैले पनि खेती गरेको जानकारी नभएको उहाँले दावी गर्नुभयो । केहीले घरमा खानकोलागि मात्र गमला वा दुईरचार बोट मात्र रोपेको भन्ने आफू जानकारी पाएको उहाँले बताउनुभयो । 

    WhatsApp Image 2024-08-19 at 4.24.20 PM (1).jpeg

    ‘कुरिलोको माग बढ्यो भने पाँगो माटो भएको जग्गा भाडामा लिई खेतीलाई थप विस्तार गर्ने योजना रहेको छु, उहाँले भन्नुभयोु, अहिले बजारको अवस्था र कुरिलोको उत्पादनअनुसार बजार भाउ कम्तिमा ३०० रुपैयामा बेच्दा दैनिक ८ हजारसम्म हुने गरेको छ ।’ केसीका अनुसार कुरिलोको टुसा विहानको समयमा मात्र टिप्नु पर्छ, दिउँसोको समयमा कुरिलो टिप्दा छिप्पिने र बोट नै फाल्नु पर्ने हुन्छ । 

    उहाँले अन्य व्यवसाय भन्दा कुरिलोको खेती गर्न धेरै सजिलो भएकाले आफू कुरिलो खेतीतर्फ आकर्षित भएको तेस्रो आँखालाई बताउनुभयो । केसीको कुखुरापालनमा नियमित काम गर्ने तीन जना कामदारहरू छन् । ती कामदारले कुरिलो खेतीमा पनि सहयोग गर्ने गरेकाछन् । आवश्यकताअुसार दैनिक ज्यालादारीमा थप कामदारहरु पनि लगाउने गरेको केसीले बताउनुभयो ।

    आफूले उत्पादन गरेको कुरिल्लो घोराही, तुलसीपुर र केही स्थानीयले किनेर लैजाने गरेको केसीले बताउनुभयो । उहाँका अनुसार कुनै कुनै दिन मागअनुसार कुरिलो पुऱ्याउन सकिँदैन । कुरिलोको नियमित सेवन महिला तथा पुरूष दुबैकालागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्नुका साथै शारीरिक दुर्बलता हटाउन, महिनावारी गडबडी, क्यान्सर रोगी र सुत्केरीकालागि उपयोगी मानिन्छ ।


    उदीराम चौधरी
    लेखकबाट थप