• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ३६ सय रूपैयाँ बढ्यो

सुनको मूल्य तोलामा ३६ सय रूपैयाँ बढ्यो


  • 1.1K
    SHARES
    • आश्विन २, २०८३ शुक्रबार
    • १९ घण्टा अघि
    • 1.8K Views

    सुनको मूल्य तोलामा ३६ सय रूपैयाँ बढ्यो

    तुलसीपुर, २ असोज । नेपाली बजारमा आज (शुक्रबार) सुन(चाँदीको भाउ बढेको छ।  बिहीबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन तोलामा तीन हजार ६ सय रूपैयाँ बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रूपैयाँ बढेको हो।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

     


    तेस्रो आँखा