काठमाडौ नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँ रहेको चाँदी मंगलबार ३० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
