काठमाडौं, ९ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को तेस्रो खेलमा नेपालले आज सोमबार क्यानडाको सामना गर्दैछ ।
नेपाल र क्यानडाबीचको खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा दिउँसो ३:४५ बजे सुरु हुने छ ।
छनोट समूहको ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई एक सय ३६ रनले हराएको थियो ।
दुई खेलमा चार अंक जोडेको नेपाल शिर्ष स्थानमा रहेको छ ।
क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
