• ट्रेण्डिङ्ग :
पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै


  • 7.6K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

    काठमाडौं, १० फागुन। सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् । 

    images

    जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा  राम्रो स्थान बनाउनु हुनेछ । 

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा  नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

    अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल  क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

    आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा  छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा  छ । 

     


    तेस्रो आँखा