शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान पुटिनले दिए आदेश 

शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान पुटिनले दिए आदेश 


  • 8.4K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान पुटिनले दिए आदेश 

    एजेन्सी, १० फागुन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा शान्ति कायम गर्न भन्दै आफ्ना सेनालाई युक्रेन जान आदेश दिएका छन् । 

    images

    युक्रेनबाट छुट्टिन पृथकतावादी संघर्ष गर्दै आएका दोनेत्स्क र लुहान्स्कका पृथकतावादीहरुलाई प्रत्यक्ष सैन्य सहायोग हुने गरी पुटिनले सेना पठाउन लागेका हुन् । गएराती राष्ट्रपति पुटिनले ती क्षेत्रमा सेना पठाउन रक्षा मन्त्रालयलाई आदेश दिएका हुन् । 

    पुटिनले जारी गरेको आदेशमा पूर्वी क्षेत्रमा शान्ति कायम गर्नका लागि सेना पठाउने भनिएको छ । पुटिनको यो आदेशसँगै युक्रेनी सीमाभित्र रुसी सेना प्रवेश गर्ने बाटो खुलेको टिप्पणी विश्लेषकहरुले गरेका छन् । आदेश जारी गर्नुअघि टेलिभिजनबाट दिएको सन्देशमा पुटिनले ती क्षेत्रहरुको स्वतन्त्रता र सार्वभौमिकता रक्षाका लागि पहिल्यै कदम चाल्नुपर्ने बताएका थिए । 

    पश्चिमा देशहरुले भने युक्रेनबाट छुट्टिन चाहने पृथकतावादीहरुलाई सहयोग नगर्न बारम्बार रुसलाई चेतावनी दिदै आएका छन् । पुटिनको आदेशले लामो समयदेखि स्वतन्त्र राष्ट्रका लागि भन्दै संघर्ष गर्दै आएका समूहहरुलाई सैन्य सामग्री आपूर्ति गर्न पनि सहज हुनेछ ।

    उता, अमेरिकाले रुसले युक्रेनको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप गरेको भन्दै पुटिनको आदेशबारे राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल गर्न माग गरेको छ ।

     


    तेस्रो आँखा