• ट्रेण्डिङ्ग :
राप्रपा दाङको तीज मिलन कार्यक्रम सम्पन्न

राप्रपा दाङको तीज मिलन कार्यक्रम सम्पन्न


  • 5.0K
    SHARES
    • भाद्र १४, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 7.7K Views

    राप्रपा दाङको तीज मिलन कार्यक्रम सम्पन्न

    तुलसीपुर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङको तीजको शुभकामना तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । राप्रपा तुलसीपुर नगर कमिटि, राप्रपा क्षेत्र नं. २ प्रदेश (ख), राप्रपा क्षेत्र नं. ३ प्रदेश (क) र राप्रपा क्षेत्र नं. ३ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रम तुलसीपुर नगर कमिटिका अध्यक्ष प्रमोद बस्नेतको अध्यक्षतामा भएको थियो ।

    images
    IMG_6296-min.JPG

    राप्रपा दाङ क्षेत्र नं. ३ (ख)का सभापति चुर्णबहादुर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्दै राप्रपा केन्द्रीय सदस्य सरिता देवकोटाले तीजको महत्वबारे जानकारी दिँदै हिन्दुराष्ट्रमा संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनु भयो । उहाँले धर्म र संस्कृतिलाई बचाउनुको साटो होटल र बारमा डिजेमा नाचेर तीज मनाउनेहरुकै कारण समाजमा विकृति फैलिएको बताउनु भयो । तीजलाई विकृतिको रुपमा नभई संस्कृतिको रुपमा मनाउन उहाँले आग्रह गर्नुभयो ।

    IMG_6305-min.JPG

    राप्रपा जिल्ला महिला संघ दाङकी अध्यक्ष जानुका पोख्रेलले देखावटी भन्दा आफ्नो घरको आवश्यकताअनुसार तीज मनाउन आग्रह गर्नुभयो । उक्त कार्यक्रममा केन्द्रीय, प्रदेश र जिल्लाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राप्रपा प्रदेश क्षेत्र नं. ३ (ख)का सभापति श्रीमणी न्यौपानेले गर्नुभएको थियो ।   

    IMG_6285-min.JPG


    तेस्रो आँखा