रोल्पा, १४ भदौ । रोल्पामा आफनै छोराले आमामाथी जबरजस्ती करणी गरेका छन् ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ५ बस्ने २९ वर्षीय परिवर्तित नाम २०८१/०८२ होलेरी (ञ) ले आफ्नै आमा ५६ पर्षीय परिबर्तित नाम २०८१/०८२ होलेरी(ज)लाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ ।
शुक्रवार राति १२ः४५ बजेको समयमा सुतिरहेको अवस्थामा मुख छोपी बोल्न कराउन नदिई जबरजस्ती करणी गरेको बताइएको छ ।
जबरजस्ती करणी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय होलेरी मार्फत हाडनाता करणी अन्तर्गत थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता, प्रहरी निरीक्षक केशवराज बराकोटीले जानकारी दिनुभएको छ ।
