• ट्रेण्डिङ्ग :
‘ए’ डिभिजन लिगः एपीएफ र पुलिस तथा आर्मी र संकटा प्रतिस्पर्धामा

‘ए’ डिभिजन लिगः एपीएफ र पुलिस तथा आर्मी र संकटा प्रतिस्पर्धामा


  • 8.3K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    ‘ए’ डिभिजन लिगः एपीएफ र पुलिस तथा आर्मी र संकटा प्रतिस्पर्धामा

    काठमाडौं, १० फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार एपीएफ र पुलिस तथा आर्मी र संकटा क्लब बीच प्रतिस्पर्धा हुने छ । 

    images

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बीच प्रतिस्पर्धा हुने छ । यी दुईबीचको खेल दिउँसो एक बजे बाट सुरु हुने छ । 

    पुलिस ११ खेलमा ११ अंक जोडेर अंक तालिकाको ११ औं स्थानमा रहेको छ भने एपीएफ ११ खेलमा १४ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा रहेको छ । 

    मंगलबार नै दशरथ रंगशालामा हुने दास्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई बीचको खेल दिउँसो चार पैंतालीस बजे सुरु हुने छ । 

    आर्मी ११ खेलमा १९ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहको छ भने संकटा ११ खेलमा १५ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा रहेको छ । 

    आजको खेल १२ औं चरणको अन्तिम दुई खेल हो । यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । त्यस्तै ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब रेलिगेसनमा परिसकेका छन् ।   

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप