• ट्रेण्डिङ्ग :
पेरिस पाराओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

पेरिस पाराओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक


  • 2.0K
    SHARES
    • भाद्र १५, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.1K Views

    पेरिस पाराओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कास्य पदक

     नेपालकी पलेशा गोवर्द्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन् । गोवर्द्धनले फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी हुन् ।

    images

     पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

    पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ  १०–८ ले पराजित भएकी थिइन् ।

    दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेरी कार्भजनलेलाई २१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन् ।

    गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।


    तेस्रो आँखा