काठमाडौं, १० फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबारकोे खेलमा एपीएफ र पुलिसले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको आजको पहिलो खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लबले एक एक गोलको बराबरी खेलेका हुन् ।
खेलको पहिलो मिनेटमा पुलिसका सुमन लामाले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलकाे ४१ औं मिनेटमा प्रदिप लामाले एपीएफका लागि गोल गर्दै खेललाई एक एक को बराबरीमा ल्याए ।
त्यसपछि दुबै तर्फबाट कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै पुलिसले १२ खेलमा १२ अंक जोडेको छ भने एपीएफले १२ खेलमा १५ अंक जोडेको छ ।
यो भन्दापछि आजको दास्रो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो चार पैंतालीस बजे सुरु हुने छ ।
आर्मी ११ खेलमा १९ अंक जोडेर अंक तालिकाको चौंथो स्थानमा रहको छ भने संकटा ११ खेलमा १५ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा रहेको छ ।
यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । त्यस्तै ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब रेलिगेसनमा परिसकेका छन् ।
