• ट्रेण्डिङ्ग :
राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त

राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त


  • 6.1K
    SHARES
    • फाल्गुण १०, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा लामिछाने नियुक्त

    काठमाडौं, १० फागुन । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

    images

    उनले प्रधानमन्त्रीसमेत रहेका कुलपति देउवाबाट उपकुलपतिमा नियुक्त भएको पत्र मंगलबार बुझेका छन् । उनले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं राप्ती प्रतिष्ठानका सहकुलपति विरोध खतिवडा नेतृत्वको सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि तीनजनाको सिफारिस गरेको थियो ।

    नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र स्वास्थ्य सचिव डा. रोशन पोखरेल सदस्य रहेको सिफारिस समितिले ऋषिकेश नारायण श्रेष्ठ, विकास लामिछाने र नारायणविक्रम थापाको नाम सिफारिस गरेको थियो । प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए ।


    तेस्रो आँखा