अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने


  • 6.8K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    अमेरिकाले युक्रेनलाई रक्षात्मक हतियार दिने

    एजेन्सी, ११ फागुन। रुसी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनलाई ‘रक्षात्मक’ हतियार दिने बताएका छन्।

    images

    रसियाली आक्रमणविरुद्ध अमेरिकाले किभलाई निरन्तर रक्षात्मक हतियार आपूर्ति गर्ने उनले युक्रेनलाई आश्वासन दिएका हुन्। त्यस्तै, पूर्वी युरोपमा नेटो गठबन्धनलाई मजबुत बनाउन अमेरिकी सेना परिचालन गर्ने उनले बताए । 

    ‘हाम्रो व्यालेस्टिक गठबन्धनअन्तर्गत रहेका देशहरु– इस्टोनिया, लातिभिया, लिथुनियालाई मजबुत पार्न यसअघि युरोपमा रहेका अमेरिकी फौजलाई थप परिचालन र हयियारका लागि अधिकार दिएको छु’, राष्ट्रपति कार्यलय ह्वाइटहाउसबाट एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडेनले भने । 

    ‘मलाई स्पष्ट हुन दिनुहोस्, यी हाम्रो तर्फबाट पूर्णतया रक्षात्मक कदम हुन,’ उनले भने ।


    तेस्रो आँखा