काठमाडौं, ११ फागुन । अमेरिकाको राष्ट्रिय महिला फुटबल टोलीले पुरुष खेलाडी सरह तलब पाउने भएका छन् ।
युएस सकर फेडेरेसनले महिला खेलाडीलाई पुरुष सरहको तलब र सेवासुविधा प्रदान गर्ने निणर्य गरेको हो ।
युएस सकर र महिला टिमबीच समान तलब र सेवासुविधको विषयमा सम्झौता भएको छ ।
पछिल्लो समय महिला खेलाडीले पुरुष बराबर तलब र सेवासुविधाको माग गर्दै आईरहको थिए ।
समान तलबबारे सम्झौता भएपछि कप्तान एलेक्स मोर्गनले अविश्वसनीय दिन भएको बताएकी छिन् ।
