सुन तोलामा पाँच सयले घट्यो

सुन तोलामा पाँच सयले घट्यो


  • 9.1K
    SHARES
    • फाल्गुण ११, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    सुन तोलामा पाँच सयले घट्यो

    काठमाडौं, ११ फागुन। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ। 

    चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ। मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


    तेस्रो आँखा