हेमराज शर्मा/दाङ, भदौ २८ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ काठेकोल स्थित सरस्वती माध्यमिक विद्यालय भरपतुरका विद्यार्थीहरुले पढाईसगै जीवन उपयोगि शिक्षा पनि शुरु गरेका छन।
विद्यालयले आफ्नो बार्षिक कार्यपात्रो नै बनाएर महिनामा दुईदिन विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन थालेको बसन्ता पौडेयलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रत्येक महिनामा दोस्रो र चौथो शुक्रवारका दिन विद्यार्थीहरुलाई जीवन उपयोगी सिपसिकाउन थालिएको छ , सोहि कार्यक्रम अनुसार आज शुक्रवार विद्यार्थीहरुलाई बत्ति काट्न र ब्यूटि पार्लर अन्र्तगत थ्रेडिङ गर्न सिकाइएको हो।
विद्यालयले महिनामा दुइ वटा शुक्रवारका दिन विद्यार्थीहरुको रुचि र ब्यवहारिक सीप अन्र्तगतका सीप सिकाउन शुरु गरेको छ । सोही सीप अनुसार विद्यार्थीहरुलाई टाई बनाउने, जुत्ताको तोना मिलाउने, घरमा सामान मिलाएर राख्ने, कपडामा आइरन लगाउने, असार बनाउने, चिया पकाउने, अतिथिलाई पानी लगाएतका सामान दिएर आदर गर्न सिकाउने, टुना र टपरी बनाउन सिकाउने, कपाल बाटने, कपाल काटनने लगायतका सिप सिकाउने गरी बार्षिक कार्यपात्रो बनाएर कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुभयो
विद्यार्थीहरुले सीपमूलक सीप सिक्न पाएकोमा खुशी भएका छन। त्यस्तै, अभिभावले पनि आफ्ना छोराछोरीले पढाईसगै दैनिक जीवनमा आवश्यक पर्नै सिप सिकेको र त्यसलाईघरमा पनि लागू गरेकोमा खुशी ब्यक्त गर्ने गरेको विद्यालयले जनाएका छ। विद्यालयको कार्यपात्रो अनुसार विद्यार्थीहरुलाई विद्यालयका शिक्षक र आवश्यकता अनुसार बाहिरबाट प्रशिक्षक बोलाएर विद्यार्थीलाई प्रशिक्षण तथा सिप सिकाउने ब्यवस्था गरेको छ ।
दाङको घोराही उपमहानगरापलिका सामाजिक बिकास महाशाखाले चालु शैक्षिक बर्षमा यस बर्षदेखि महिनामा एउटा शुक्रवार नगरपालिका भित्रका विद्यालयहरुमा बुफ्रिडे बनाई विद्यार्थीहरुलाई जीवन उपयोगी सिप सिकाउन आग्रह गरेको छ । 
