• ट्रेण्डिङ्ग :
तुलसीपुर उप-महानगरपालिकाको कार्यपालिका बैठकले छानविन समिति बनाउने

तुलसीपुर उप-महानगरपालिकाको कार्यपालिका बैठकले छानविन समिति बनाउने


  • 4.1K
    SHARES
    • भाद्र २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.3K Views

    तुलसीपुर उप-महानगरपालिकाको कार्यपालिका बैठकले छानविन समिति बनाउने

    तुलसीपुर, २८ भदौ । प्रविधि तथा सफ्टवेयर  सामान खरिद अगाबै रकम भुक्तानी गरेको विषयमा उपमहानगर पालिकाको २५ औं कार्यपालिका बैठकमा चर्को बहस भएको छ । २२ वटा एजेन्डाहरुमा छलफल गर्न बसेको बैठकमा अधिकांश समय प्रविधि तथा सफ्टवेयर  सामान खरिद अगाबै रकम भुक्तानी गरेको विषयले लिएको छ ।

    images

    बैठकले यो विषयमा छानविन समिति गठन गर्ने निर्णय गरेको वडा न. १७ का वडा अध्यक्ष थलराज पुरीले बताउनु भयो । बैठकबीचबाट एकछिन बाहिर निस्कनु भएका वडा अध्यक्ष पुरीले छानबिन समितिले प्रविधि तथा सफ्टवेयर सामान खरिद अगाबै रकम भुक्तानी गरेको विषयमा अनियमितता भएर नभएको छानविन गर्ने बताउनु भयो । यस अघि वडा नं ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह र वडा नं ९ का वडा अध्यक्ष घनश्याम ढकालले सामान खरिद अगाबै रकम भुक्तानी गरेको विषयलाई लिएर रोश प्रकट गर्दै बैठक बहिस्कार गरेर बहिरिनु भएको थियो ।

    उहाँहरुले उपमहानगरपालिका परिसरमा एजेण्डाको कागज च्यातेर फाल्नु भएको थियो  । जनप्रतिनिधि र कर्मचारीहरुको आग्रहलाई लत्याउँदै प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले खरिद अघि नै भुक्तानी गरेको आरोप छ । डाँगीले सात लाख रुपैयाँ भुक्तानी गरेको सार्वजनिक भएको छ । बैठक जारी रहेको छ ।


    तेस्रो आँखा