‘ए’ डिभिजन लिगः अन्तिम चरणका खेलहरु आजबाट सुरु

‘ए’ डिभिजन लिगः अन्तिम चरणका खेलहरु आजबाट सुरु


  • 10.4K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    ‘ए’ डिभिजन लिगः अन्तिम चरणका खेलहरु आजबाट सुरु

    काठमाडौं, १२ फागुन । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १३ औं अर्थात अन्तिम चरणका खेलहरु आज बिहीबारबाट सुरु हुँदै छन् । 

    images

    आज १३ औं चरणका दुई खेलहरु हुँदै छन् । 

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । 

    हिमालयन १२ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्स  १२ खेलमा १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

    आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् ।

    यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि दिउँसो एक बजे सुरु हनेछ । 

    च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । 

    सातदोबाटो १२ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । सातदोबाटो आज च्यासललाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

    यस सिजनको उपाधि मछिन्द्रले जितिसकेको छ । त्यस्तै ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब रेलिगेसनमा परिसकेका छन् ।   

  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • तेस्रो आँखा
    लेखकबाट थप