तेस्रो स्थानका लागि नेपालले आज  ओमानको सामना गर्दै

तेस्रो स्थानका लागि नेपालले आज  ओमानको सामना गर्दै


  • 10.6K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 16.4K Views

    तेस्रो स्थानका लागि नेपालले आज  ओमानको सामना गर्दै

    काठमाडौं, १२ फागुन। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानको सामना गर्दैछ ।

    images

    ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो तीन पैंतालीस बजे सुरु हुनेछ ।

    सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टीट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ ।

    मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो ।

    ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

    छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

  • सम्बन्धित विषय:

  • # खेलकुद

  • तेस्रो आँखा
    लेखकबाट थप