पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला

पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला


  • 7.6K
    SHARES
    • फाल्गुण १२, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    पूर्वी युक्रेनमा तीव्र गोलाबारी, विमानस्थलमा मिसाइल हमला

    एजेन्सी, १२ फागुन । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ । रुसले  राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ ।

    images

    युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेको जनाएको छ । दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी प्याराट्रुप्स परिचालन भएका रिपोर्टहरुलाई भने युक्रेनी सशस्त्र बलले अस्वीकार गरेको छ ।

    प्याराट्रुप्सलाई युद्धको समयमा विमानबाट प्यारासुटमार्फत हाम फाल्न लगाएर आक्रमणमा परिचालन गरिन्छ ।


    तेस्रो आँखा