आईसीसी विश्वकप लिग-२ : नेपालले आज ओमानसँग भिड्दै

आईसीसी विश्वकप लिग-२ : नेपालले आज ओमानसँग भिड्दै


  • 2.5K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 3.8K Views

    आईसीसी विश्वकप लिग-२ :  नेपालले आज ओमानसँग भिड्दै

    आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । 

    images

    क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।

    क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ ।

    विश्वकप सन् २०२७ को छनोटको रूपमा रहेको लिग-२ मा आठ टोलीको सहभागिता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।


    तेस्रो आँखा