तुलसीपुरका सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण

तुलसीपुरका सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण


  • 3.4K
    SHARES
    • आश्विन २, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.3K Views

    तुलसीपुरका सामुदायिक र संस्थागत विद्यालयमा शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण

    तुलसीपुर २ असोज / तुलसीपुर उपमहानगरपालिकाले विद्यालयका लागि शैक्षिक प्रमाणपत्रको शुल्क निर्धारण गरेको छ । विद्यालयले नियम विपरित विद्यार्थीहरुसँग चर्को शुल्क लिएको गुनासो आएपछि महानगरले शुल्क निर्धारण गरेको हो । मंगलबार बसेको शिक्षा समितिको बैठकले मावि तहसम्मको शुल्क निर्धारण गरेको हो ।

    images

    शिक्षा शाखा प्रमुख चक्र भण्डारीकाअनुसार कक्षा १ देखि ५ सम्म पाँचसय, कक्षा ६ देखि ८ सम्मको एक हजार र कक्षा ९ देखि १२ सम्म ३ हजार रुपैँया शुल्क निर्धारण गरिएको हो । यो शुल्क तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा कार्यान्वयन गरिने शिक्षा शाखाले जर्नाको छ । पालिकाले निर्धारण गरेो भन्दा धेरै शुल्क लिएको पाइएमा विद्यालयलाई कार्वाही गरिने भएको छ । 


    तेस्रो आँखा